
काठमाडौं । म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति नै भएको चौथो चरणको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
युनाइटेडको जितमा स्कट म्याकटोमिने, ख्वान माता र पउल पोग्बाले गोल गरे ।
यस्तै गएराति नै भएका अन्य खेलहरुमा म्यानचेस्टर सिटी, एभर्टन र न्यूक्यासल पनि विजयी भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्