
काठमाडौं । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले विद्यार्थीलाई परिचयपत्र छुट नदिए यातायत व्यवसायी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
क्षेत्र नम्बर २ का संयोजक दिपेश राज खनालको नेतृत्वको टोलीले बुधबार काठमाडौंको नारायणटारमा रहेको आमा ह्याल्मो र हेलम्बु यातायातको काउन्टरमा ज्ञापनपत्र बुझाउँदैं विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र न. २ अन्तर्गत भोटेचौर, मेलम्ची, हेलम्बु, पाँचपोखरी इन्द्रावती, चौतारामा चल्ने सवारीसाधनले विद्यार्थी परिचय पत्र छुट नदिएपछि नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।
कोरोनाबाट पीडित विद्यार्थीहरुलाई परिचयपत्रमा छुट नदिँदा विद्यार्थीहरु ठूलो मारमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
यातायात व्यवसायीले विद्यार्थी परिचयपत्रमा छुट नदिए नेविसंघ आफ्नो हक अधिकारका लागि जस्तोसुकै आन्दोलन गर्न विवश हुने सङघका संयोजक खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्