१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिबाट आग्रह


0
Shares

president bidhya bhandari meet bamdeb gautam on ncp dipute

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न आग्रह गर्नुभएको छ ।

३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै रााष्ट्रपति भण्डारीले आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्‍याउन सबैमा आह्वान गर्नुभएको हो ।

नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको भन्दै राष्ट्रपति भण्डारीले सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।