
वीरगञ्ज । प्रदेश प्रहरीले वीरगञ्जको सिमानाकाबाट ठूलो मात्रामा हरियो केराउ बरामद गरेको छ ।
भारतसँग सिमाना जोडिएको वीरगञ्जको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी क्राइम टोलीले बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै तस्करीको लागि गोदाममा भण्डारण गरी राखिएको ६ हजार ५ सय बोरा हरियो केराउ बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।
बरामद गरिएको केराउको बजार मूल्य लगभग अढाइ करोड रहेको जनाइएको छ ।
उक्त केराउ नेपाल भारत सीमाबाट करीब ८ किलोमिटरको दूरीमा बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा आधिकारिक कार्यालय रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्