१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली कागजात तयार गर्ने पक्राउ


0
Shares

कैलाली, असोज १५ । भारत जाने नेपालीको नक्कली कागजात तयार गर्ने धनगढीका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारत जाने नेपालीको नक्कली कागजातहरु तयार पारेको आरोपमा धनगढी उपमहानगरपालिका–२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर-४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।