
टेकु अस्पतालको दृष्य । फाइल तस्वीर ।
काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड र जमघटले नै संक्रमण फैलन मद्दत पुग्ने प्रमाणित भइसकेकोले यस्ता गतिविधिबाट टाढा रहनुपर्ने बताउनुभयो ।
समाजमा अपवाह फैलाएर ज्येष्ठ नागरिकको जीवनमाथि खेलबाड नगर्नसमेत उहाँको आग्रह थियो ।
यस्तै, प्रवक्ता डा. गौतमले काठमाडौंका सबै सरकारी अस्पतालमा ‘पीसीआर’ परीक्षण हुने भन्दै टेकु अस्पतालमा लाइन लागेर भिडभाड नगर्नपनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्