
धनगढीस्थित सेती प्रादेशिक अस्पताल । फाइल तस्वीर ।
कैलाली, असोज १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजना महिलाको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ की ३० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठकाअनुसार निमोनियाको बिरामी रहनुभएकी उहाँ बुधबार बिहान ११ बजे अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या थियो । बुधबारै राति ८ बजे मृत्यु भयो ।
मृत्युपछि बिहीबार उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्युअघि उहाँको स्वाबको नमुना संकलन गरिएको थियो । बिहीबार ‘रिपोर्ट पोजिटिभ’ आएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्