
काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ ।
कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो ।
कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् ।
तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुको भनाइ छ । खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उनीहरुको सुझाब छ ।
रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्नेमा उनिहरुले जोड दिएका छन् ।
अझ उक्त प्रतिवेदनले खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्