१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैलालीको भजनी नगरपालिकाबाट दिइने सबै सेवा बन्द


0
Shares

कैलाली । कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

नगरपालिकाका उपप्रमुख छाया देवकोटाले स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएकाले समुदायस्तर सम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउनु भयो ।

सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि नगरवासीमा आग्रह गरीएको छ ।