२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै १,२८०


0
Shares

काठमाडौं, असोज १६ । पछिल्लो २४ घन्टामा देशरभर दुई हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा मात्रै ४७० महिला र ८१० पुरुष गरी एक हजार २८० जना संक्रमित थपिएका छन् ।

यस्तै, भक्तपुरमा ८० महिला र ११६ पुरुष गरी १९६ जना संक्रमित थपिएका छन् ।

ललितपुरमा ७७ महिला र ८५ पुरुष गरी १६२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा मोरङमा १५० जना संक्रमित थपिएका छन् । सुर्खेतमा १२२, रुपन्देहीमा ९२, चितवनमा ८३, बाँकेमा ७० जना संक्रमित थपिएका छन् ।

विवरण हेर्नोस्