२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एसियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने


0
Shares

काठमाडौं, असोज १६ । एसियन अनलाइन नेसन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् ।

नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत् पाँच/पाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईं, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् ।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए ।

एसियाली बुद्धिचाल महासंघले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एसियन अनलाइन नेसन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासंघले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन् ।