१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पलाई लगियो सैन्य अस्पताल, घटेन ज्वरो


0
Shares

trump us president baiden

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

ज्वरोसहित कोभिड १९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ज्वरो आएपनि ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ट्रम्पलाई अहिले नै अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको भएपनि आवश्यक सावधानी र सतर्कताका लागि अस्पताल लगिएको ह्वाईट हाउसको तर्क छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

आफ्ना नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि पिोर्ट पजेटिभ आएको थियो ।

राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएलगत्तै नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित हुने हो कि भन्ने आशंका समेत जन्मिएको छ ।

अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।(एजेन्सी)