
काठमाडौं । इङ्गलिस फुटबल क्लब लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ ।
अफ्रिकी मुलुक सेनेगलका फरवार्ड मानेले बिविहार राति भएको आर्सनल विरुद्धको काराबाओ कपको खेल गुमाएका थिए ।
५ दिनअघि प्रिमियर लिगको खेलमा भने उनले सहभागिता जनाएका थिए ।
यसअघि लिभरपुलका स्पेनिस खेलाडी थियागो अल्कान्तारालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आईसोलेशनमा रहेका छन् ।
प्रिमियर लिगले नयाँ सिजन सुरु भएपछि गरेको पछिल्लो कोरोना परिक्षणमा १० जनालाई संक्रमण पुष्टि भएको थियो ।
यो संख्या बेलायतमा लकडाउन खुलेपछि सुरु भएको फुटबल सिजनकै सबैभन्दा धेरै हो ।
प्रतिक्रिया दिनुहोस्