१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दाङको देउखुरी-भालुबाङ क्षेत्रमा जग्गा किनबेचमा रोक


0
Shares

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव गरिएको दाङको देउखुरी–भालुबाङ क्षेत्रमा जग्गा किनबेचमा रोक लगाइएको छ ।

प्रदेश ५ सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको स्रोतले जानकारी दियो ।

यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि सो क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार भएको थियो ।