२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


ढोरपाटनका बाढी प्रभावितको राहतका लागि १ करोड ६५ लाख रुपैयाँ जुट्यो


0
Shares

काठमाडौं । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म १ करोड ६५ लाख रुपैयाँ सहयोग जुटेको छ ।

राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ ।

सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिने उहाँले बताउनुभएको छ ।

संघ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको र अपुग भएमा नगरपालिकाले बजेट थप्ने उहाँले जानकारी दिनुभयो ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् ।

ढोरपाटन नगरपालिकाका ७, ८ र ९ वडाका सयौँ परिवार घरबासविहीन बनेका छन् ।

सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।