
काठमाडौं । पछिल्लो समय बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्दै गएको छ ।
कडा कानूनी व्यवस्थाका बावजुद संरक्षित बन्यजन्तुको अबैध कारोबारमा कमी आउन सकेको छैन ।
बन डिभिजन कार्यालय काठमाडौले उपलब्ध गराएको तथ्याक अनुसार बिगत २० बर्षमा नेपालमा बन्यजन्तु तथा बन्यजन्तुको अङ्ग अर्थात आखेटोपाहारको अबैध तस्करी बिगतको तुलनामा उल्लेख्य दरले बढेको पाइएको हो ।
साथै अबैध तक्स्करीको मुख्य थलो राजधानी काठमाडौं रहेको पनि कार्यालयको तथ्याकले देखाएको छ ।
२०५६ साल देखि २०५९ सालका बिचमा बन डिभिजन कार्यालय काठमाडौले जम्मा १३ वटा बन्यजन्तु चोरी तस्करी सम्बन्धी मुद्दा दायर गरेकोमा २०७५/०७६ सम्म आइपुग्दा एकै बर्षमा ६७ वटा मुद्दा दर्ता गरेको थियो ।
बर्षेनी यसको अबैध करोबारमा बृद्धी हुँदै गएको बन डिभिजन कार्यालय कठमाडौका प्रमुख बद्री कुमार कार्की बताउनुहुन्छ ।
कार्यालयले गत आर्थिक बर्ष २०७६ र ०७७ मा मात्र ४१ वटा तस्कर समूह माथी मुद्दा दायर गरेको थियो । लकडाउन नभएको भए तस्करी अझै बढन सक्ने प्रमुख कार्किको तर्क छ ।
बन्य जन्तु तस्करहरुले सबै भन्दा बढी जिवित सालकलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसपछि चितुवाको अङ्ग, रेड पाण्डा, भालुको पित्त र बाघको अङ्गहरुको अबैध कारोबार बढी हुने गरेको कार्की बताउनुहुन्छ ।
यस्ता संरक्षित बन्यजन्तुको अबैध करोबार गर्ने माथी ५ बर्ष सम्म कैद र ५ लाख देखि १५ लाख रुपयासम्म जरिवाना र अन्य सामान्य जन्तु तस्करीको हकमा १ बर्ष देखि ५ बर्ष सम्म कैद सजायको ब्यवस्था रहेको प्रमुख कार्की बताउनु हुन्छ ।
यस्ता आखेटोपाहार को करोबारमा खासै फाइदा नभए पनि जोखिम मोलेर तस्करी गर्ने क्रम बढ्दै जानू चिन्ताको बिषय बनेको पनि उहाँको भनाइ छ ।
बन्यजन्तु राष्ट्रको सम्पत्ती भएको र यीनको सरक्षण गर्नु आम नागरिकको दायित्व हो भन्ने जस्ता जनचेतना जगाउने खालका कार्यक्रम देशब्यापी चलाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्