१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंमा १,००१ सहित थप २,१२० जनामा संक्रमण, मृत्यु हुनेको संख्या ५२८ पुग्यो


0
Shares

काठमाडौं, असोज १७ । नेपालमा थप दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १,१७७ सहित देशभरमा २,१२० संक्रमित थपिएका हुन् ।

काठमाडौं जिल्लामा मात्रै एकैदिन १,००१ जना संक्रमित थपिएका शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका छन् ।

सुनसरीमा १२२, मोरङमा १११, रुपन्देहीमा ९८, कैलालीमा ९३, रौतहटमा ८२, चितवनमा ७५, सुर्खेतमा ४३ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

थप आठजनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर थप आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ८३ र ६८ वर्षीय गरी दुईजना पुरुष, ललितपुरका ६७ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, कैलालीका ७९ वर्षीय पुरुष, सुनसरीकी २८ वर्षीया महिला र चितवनकी ७६ वर्षीया महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।

थप २,०४४ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट २,०४४ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेहरुको संख्या ६२ हजार ७४० पुगेको छ ।

सक्रिय संक्रमित २१,३०२
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । ‘होम आइसोलेसन’मा ११ हजार ५२९ र संस्थागत आइसोलेसनमा नौ हजार ७७३ रहेका छन् ।

देशभर २१७ जना ‘आईसीयू’ र ३१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ९७८ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.17 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.17

Posted by Ministry of Health and Population-Nepal on Saturday, 3 October 2020