२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


प्रधानमन्त्री ओलीको सचिवालयका चारजनामा कोरोना


0
Shares

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारजनामा कोरोनाभाइरसको संक्रमण भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीमा संक्रमण देखिएको हो ।

उहाँहरुको शुक्रबार स्वाब परीक्षण गरिएको थियो ।

शनिबार उहाँहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको जनाउनुभएको छ ।

राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमार्फत् हिजोको ‘पीसीआर’ परीक्षणबाट आफूमा कोरोना ‘पोजिटिभ’ देखिएको उल्लेख गर्दै यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

प्रेस सल्लाहाकार सूर्य थापाले पनि फेसबुकमार्फत् आफूलाई संक्रमण भएको जनाउनुभएको छ ।

हिजोको PCR परीक्षणलेममा कोरोना-पोजिटिभदेखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।

Posted by Surya Thapa on Saturday, 3 October 2020

यसैबीच, बालुवाटारमा कार्यरत् केही सवारीचालकमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

सचिवालय सदस्यहरुमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिने भएको छ ।