१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बूढानीलकण्ठका मेयरलाई कोरोना


0
Shares

काठमाडौं, असोज १७ । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

‘पीसीआर’ विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको ‘रिपोर्ट पोजिटिभ’ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

भट्टटराईकाअनुसार मेयर खरेलका सवारीचालकलाई पाँच दिनअघि कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएका खरेलले पनि परीक्षण गराउनुभएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण देखिएपनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाकाअनुसार उहाँमा लक्षणसमेत देखिएको छैन ।

मेयर खरेल अहिले ‘होम आइसोलेसन’मा बस्नुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।