
कपिलवस्तु, असोज १७ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै बहादुरगन्जमा विरोध प्रदर्शन सुरु भएको छ ।
शनिबार कपिलवस्तुका ठाउँ-ठाउँमा उक्त निर्णयको विरोधमा प्रदर्शन गरिएको छ ।
प्रदेश-५ को राजधानी भालुवाङमा रहनेगरी शुक्रबार प्रदेशसभामा प्रस्ताव गरिएलगत्तै प्रदर्शनहरु भएका हुन् । सडकमा टायरसमेत बालेर विरोध गरिएको छ ।
कपिलवस्तुका प्रदर्शनकारीहरुले प्रदेश-५ को राजधानी कपिलवस्तुलाई नै बनाउनुपर्ने माग गरेका छन् । त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्