१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


0
Shares

कन्चनपुर । महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् ।

आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् ।

अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा निसंक्रमण गरिने भएकाले आज सेवा बन्द हुने जनाएको छ ।

१५असोजमा भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा संक्रमण देखिएको हो ।