१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथर कोरोना संक्रमण मुक्त जिल्ला


0
Shares

पाँचथर । कोरोना भाइरसका सबै संक्रमित निको भएपछि पाँचथर शून्य संक्रमण मुक्त जिल्ला भएको छ ।

शिक्षा स्रोत केन्द्रको भवनमा उपचार गराइरहेका चारजना निको भएर डिस्चार्ज भएपछि पाँचथरलाई शुन्य संक्रमण भएको जिल्ला घोषणा गरीएको हो ।

यहाँका सबै आइसोलेसन खाली गरिएको स्वास्थ कार्यालय पाँचथरका प्रमुख नारदमणी सुवेदीले जानकारी दिनुभयो । पाँचथर जिल्ला शून्य संकमण घोषणा गरिएको यो चौथो पटक हो ।

गत असार १ गते यता पहिलो पटक कोरोना संक्रमित भेटिएयता यसअघि विभिन्न मितिमा जिल्लालाई शून्य संक्रमित भनेर घोषणा गरिएको थियो ।

जिल्लामा हालसम्म बैदेशिक रोजगारीबाट फर्केका प्रहरी, कैदी, बन्दी र भारतबाट आएका कामदार गरी २८ जनामा कोरोना संक्रमण भएको थियो ।

सबैजना निको भएर घर फर्किसकेका छन् ।