१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


यी हुन मुस्लिम देशकी हिन्दु राजकुमारी


0
Shares

काठमाडौं । इन्डोनेसिया मुस्लिम देश हो । जहाँका अधिकांश मानिसहरु इस्लाम धर्मलाई अनुसरण गर्ने गर्छन् ।

अध्ययन अनुसार इन्डोनेसियामा ८७ प्रतिशत मानिसहरु इस्लाम धर्म मान्ने गर्छन् ।

तर इन्डोनेसियाको जावाकी राजकुमारी कानजेङ राडेन महेन्द्रानी भने स्वंयम हिन्दु धर्म मान्ने गर्छिन् ।

राजकुमारीले सन् २०१७ देखि हिन्दु धर्मलाई मान्दै आएकी हुन् । उनी हिन्दु धर्मको प्रचार पनि गर्दै हिड्ने गर्छिन ।

उनले आफुलाई हिन्दु धर्मको रीति अनुसार आफनो शुद्धीकरण गरेकी थिइन ।

बालीबाट आएका हिन्दु पुजारी भगवान पुत्रनाथ स्वामीजीले उनको शुद्धीकरण गरेका थिए ।

उनले हिन्दु धर्म अपनाउँदै त्यतिबेला इन्डोनेसियाको मुल धर्म सनातन धर्म भएको बताउँदै आएकी थिइन ।

उनले आफनो धर्म परिवर्तन गरी मातृ धर्ममा फिर्ता भएको अभिव्यक्ति दिएकी थिइन ।

हिन्दु धर्मप्रतिको झुकावकै कारण उनी पहिलेदेखि नै हिन्दु मन्दिरमा पुजाआजा गर्ने गर्थिन् ।

इन्डोनेसियाले हिन्दुसंगै अन्य ६ धर्मलाई मान्यता दिएको छ ।एजेन्सी