
काठमाडौं । हामीले मोटरसाइकल वा साइकल हाँक्दा सुरक्षाका लागि लगाइने हेलमेट पनि थरिथरिका उत्पादन हुन थालेका छन् ।
विश्वभर आधुनिक प्रविधिको विकाससँगै हेलमेटमा पनि नयाँ आबिष्कारको होड चलिरहेको छ ।
अमेरिकाको न्युयोर्क निवासी एक डिजाइन जोय डुसेटले नयाँ स्मार्ट हेलमेटको डिजाइन गरेका छन् ।
जसले दुर्घटनाको असर कम गर्ने मात्र नभई संभावित दुर्घटना न्यूनीकरणमा पनि सहयोग गर्ने कुरा जनाइएको छ ।
उक्त हेलमेटको पछाडिको तल्लो भागमा कलर चेन्ज हुने एलईडी लाईट जोडिएको छ ।
यसले रातिको समयमा पछाडिबाट आउने सवारी साधनलाई संकेत दिनेछ ।
त्यसैगरी रियर भाइजरको तल्लो आधा भागमा सेतो बल्नेछ भने इन्टिग्रेटेड एक्सिलेरोमिटर सेन्सरले चालकले ब्रेक नलगाउँदा बाइकको गति कम भएको मापन गरे लगत्तै भाइजरको लाइट रातोमा परिणत हुनेछ ।
अन्य इलेक्ट्रोनिक डिभाइसलाई जस्तै चार्ज गर्नुपर्ने यो हेलमेटले दुर्घटनाको संकेत दिएर चालकलाई चनाखो बनाउने गर्छ ।
यसले दुर्घटना रोक्न भन्दा पनि कम गराउनका लागि सचेत भने गराउने छ ।-एजेन्सी/नेपाल अटो
प्रतिक्रिया दिनुहोस्