
डडेल्धुरा । आमरण अनसन बसेका सत्याग्रही डाक्टर गोबिन्द केसीको समर्थनमा डडेल्धुराका नागरिकले ऐक्यबद्धता जनाएका छन ।
सदरमुकामको मुख्य बजार क्षेत्र तुफाडाँडामा डाक्टर केसीको टेलिभिजनमा आएका मार्मिक अन्र्तवार्ता प्रोजेक्टरबाट शो गरि आम जनतालाई ऐक्यबद्धता जनाउन आग्रह गर्दै आन्दोलनलाई अगाडी बढाएका छन ।
सरकारले डाक्टर केसीको माग पुरा गर्नुपर्ने भन्दै युवाहरुले अन्र्तबार्तामा केसीले जनताको हितमा राखेका मागहरु जनता माझ पुर्याउने उद्देश्यले प्रदर्शन गरीएको बताएका छन् ।
केसीले १७ औं आमरण अनसन डडेल्धुरामा ९ दिन सम्म गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्