१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनताको सेवासँगैं बाख्रा पालनमा रमाउँदै खोटाङका वडाध्यक्ष


13
Shares

खोटाङ । खोटाङमा एक जनप्रतिनिधिले जनताको काम गरेर बचेको समय बाख्रा पालन र कृषिमा खर्चिने गरेका छन् ।

जनताको सेवासंगै बाख्रा पालनबाट आर्थिक लाभ लिन सक्ने भन्दै बचेको समय उनीहरुले बाख्रा पालनमा खर्चिने गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ का वडाध्यक्ष विरेन्द्र ढकालको खोरमा अहिले एकसय भन्दा बढी बाख्रा देख्न सकीन्छ ।

२०७२ सालमा कालिका बाख्रा फार्म दर्ता गरेर बाख्रा पालन शुरु गरेका वडाध्यक्ष ढकालको आम्दानीको प्रमुख श्रोतनै अहिले यहि बाख्रा पालन भएको छ ।

उनले बाख्रा पालनबाट मात्र वार्षिक ५ लाख रुपैया भन्दा बढी कमाउछन् । जनताको फोन आए उनीहरुको काममा पुग्ने र काम सक्ने बित्तिकै टुप्लुकै बाख्रा र खसी गोठमा आईपुग्ने उनको दैनिकी बनेको छ ।

उनको बाँकी समय बाख्रा र खसीलाई खोले खुवाउने र घाँस हाल्दैमा बित्छ । पुराना संरचनाकै खोरमा बाख्रा पालेका उनले नयाँ खोर बनाएर करिब एक हजार बाख्रा थप्ने लक्ष्य लिएका छन् ।

गाउँघरमा बाख्रापालन व्यवसाय बाटै राम्रो आम्दानी लिन सक्ने भन्दै तम्सिएका उनी जिल्लामै नमूना बाख्रा पालक वडाध्यक्षको रुपमा चिनिन्छन् ।

उनले पालेका खसीबोकाहरु अहिले जिल्लामा मात्र हैन उदयपुर, सिरहा, सुनसरी, विराटनगरलगायतका बजारमासमेत पुग्ने गरेका छन् ।

करिव ५ रोपनी जग्गामा बाख्राको लागि चाहिने उपयुक्त डालेलगायतका विभिन्न घाँस समेत लगाएका छन् ।

पछिल्लो समय कृषि पेशालाई अधिकांस मानिसहरुले छोड्दै गएपनि उनले भने कृषि पेशालाई बाटै परिवर्तन गर्न सकिने भन्दै यतातिर आकर्षित भएका हुन् ।

साधारण तरिकाले कृषि पेशा अंगालेका किसानले वडाध्यक्ष ढकालबाट पाठ सिकेर व्यवसायीक रुपमा अगाडि वढ्न सके राम्रो आम्दानीको श्रोत वन्न सक्छ ।