१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रामक समाचार प्रकाशन गरी धम्की दिएर ठगेको आरोपमा पक्राउ


0
Shares

काठमाडौं, असोज १९ । महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको टोलीले इलामबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार अभियुक्त रोकायाले सञ्चालन गर्दै आएको ‘कर्णाली आवाज डटकम’ नामको अनलाइन र ‘कर्णाली एचडी’ नामको युट्युब च्यानलमार्फत् भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरी विभिन्न व्यक्तिहरुलाई धम्की दिएर ठगी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

अभियुक्तले निर्माण सेवा कम्पनी, नर्सिङ कलेज, हेल्थ असिस्टेन्ट कलेज पनि दर्ता गरेको पाइएको छ ।

उनले नर्सिङ कलेजमा नाम निकालिदिने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीले दाबी गरेको छ ।

रोकायामाथि विभिन्न प्रहरी कार्यालयमा साइबर अपराध तथा ठगी गरेको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।