२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनकुटामा ११ रोपनीमा लगाएको गाँजाखेती प्रहरीद्वारा नष्ट


0
Shares

धनकुटा, असोज १९ । प्रहरीले धनकुटाका विभिन्न स्थानमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गर्न थालेको छ ।

शहीद भूमि गाउँपालिकाको डाँडागाउँ, खैराङ, खोकुलगायतका क्षेत्रमा करिब ११ रोपनी जमिनमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको हो ।

त्यस्तै, महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेको गाँजाखेतीसमेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

धनकुटामा गाँजाखेती फस्टाउन थालेपछि प्रहरीले फाँड्ने अभियान थालेको हो ।