
काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
डा. केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो ।
डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उहाँले चेतावनी दिनुभयो ।
वार्ता सुरु नगरेर सरकारले लोकतन्त्रको आवरणमा कम्युनिस्ट तन्त्रको स्वरुप देखाएको शर्माको जिकिर छ ।
कांग्रेस सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको पनि उहाँले बताउनुभयो ।
कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत् ७५ प्रतिशत छात्रवृत्ति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच मेडिकल कलेजलाईमात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्