१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीमा कोरोनापछि मकवानपुरको आन्तरिक राजस्व कार्यालयको सेवा बन्द


0
Shares

हेटौंडा, असोज १९ । मकवानपुरको आन्तरिक राजस्व कार्यालयमा कार्यरत् दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइनबाहेका सबै सेवा बन्द गरिएको छ ।

कार्यालयले अरु १० जना कर्मचारीको स्वाब संकलन गरेर ‘पीसीआर’ परीक्षणको लागि पठाएको छ ।

रिपोर्ट नआएसम्म कार्यालयबाट प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवा बन्द गरिएको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।

अनलाइनबाट लिन सकिने सेवाहरु भने सुचारु नै रहेको कार्यालयले जनाएको छ ।