
काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय गरी छ पुरुष र ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया गरी तीनजना महिलासहित नौजनाको मृत्यु भएको हो ।
ललितपुरका तीन वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष तथा सुनसरीका ५५ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष, गोरखाकी ४५ वर्षीया महिला र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुष रहेका छन् ।
योसहित कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यो कुल संक्रमितको ०.६२ प्रतिशत हो ।
थप २,४४० जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर २,४४० जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १,५३१ जना रहेका छन् ।
थपिएका संक्रमितहरुमा काठमाडौंका १,१७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना रहेका सोमबार नियमित ‘प्रेस ब्रिफिङ’मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी, सुनसरीमा १२२, चितवनमा १०३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८, मोरङमा ५५, काभ्रे र कास्कीमा ३६ ३६, कैलालीमा ३३, सुर्खेतमा ३० जना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कुल संक्रमितको संख्या ८९,२६३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १,१३३ सहित कोरोना निको हुनेको संख्या ६५,२०२ पुगेको छ ।
हाल देशभर २३,५०७ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु ‘होम’ र संस्थागत ‘आइसोलेसन’मा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १३,७८१ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको थियो ।
थप भएका कोरोना संक्रमितको जिल्लागत विवरण हेर्नोस्
प्रतिक्रिया दिनुहोस्