१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपा सचिवालय बैठक मंगलबार


0
Shares

NCP prime minister kp oli prachanda madhab nepal cabinet reshuffle

काठमाडौं, असोज १९ । दुईपटक लगातार स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (भोलि) बस्ने भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार भएको छलफलपछि स्थगित सचिवालय बैठक मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको कार्यकारी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमन्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले गएको बिहीबार मुख्यसचिव नियुक्ति र विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष दाहाल र उहाँनिकट नेताहरु असन्तुष्ट देखिएका छन् ।

सचिवालय बैठक शनिबार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, यहिबीचमा प्रधानमन्त्रीका चारजना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।