
काठमाडौं । रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने तथा यौन शक्तिबर्द्धक औषधिहरु नेपालका बन जंगलमा प्रशस्त पाइन्छन् ।
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले सम्पूर्ण पत्रिकामा नेपालमा प्रयोग गरिने यौनशक्तिवद्र्धक केही जडीबुटीबारे उल्लेख गर्नुभएको छ ।
यार्सागुम्बाः विश्वमा हालसम्म कर्डिसेप्स वर्गमा पर्ने ढुसी (स्याक फंगस) का ६ सय ८० भन्दा बढी प्रजाति पत्ता लागेका छन्। यीमध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलर फंगस’ भनिन्छ। यो नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो।
यसलाई वैशाख १५ देखि जेठ १५ बीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खास गरी यौन ऊर्जा बढाउने विश्वास गरिन्छ।
अदुवाः पुरुषको यौनशक्ति बढाउनका लागि अदुवाको प्रयोगलाई आयुर्वेदमा उपयोगी मानिएको छ। यसले पुरुषको लिंगलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने गरिन्छ।
बेलको पातः बेल यस्तो रूख हो, जसको पातलाई हिन्दू संस्कृतिमा शिवको पूजा–आराधना गर्दा चढाउन आवश्यक मानिन्छ। बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसको माध्यमबाट पुरुषमा लिंग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ।
महः महमा ‘फ्रुक्टोज’ नाम गरेको कार्बोहाइड्रेट हुन्छ, जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ। यसलाई नियमित रूपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्यस शक्तिले खास गरी यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ।
लिचीः लिचीमा पुरुषत्व र प्रजननशक्ति बढाउने शुक्रकीटको क्षमता बढाउने तŒवहरू भएको मानिन्छ। यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनांगमा शिथिलता आउन नदिने विश्वास गरिन्छ।
माछाः खास गरी ओएस्टर, लब्स्टर, मुसेल तथा अन्य जातका माछा, तिनमा पाइने तेल र तिनका टाउकामा यौनवद्र्धक तŒव हुने विश्वास गरिन्छ।
अश्वगन्धाः झारका रूपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ।
पाँचऔँलेः नेपालका विभिन्न भागमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ।
केशरः यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौनक्षमता र मानसिक एकग्रताका लागि उपयोगी मानिन्छ।
काउछोको बीजः काउछो कोसे वनस्पति हो। यसको बीउलाई धुलो बनाएर नियमित रूपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसबाट यौन दुर्बलता तथा नपुंसकता हराउँछ भनी आयुर्वेदमा उल्लेख छ। यो निकै तीतो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्