१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेसबुक मार्फत ठगी गर्ने महिला पक्राउः ‘बेलायती नागरिक र डाक्टर हुँ’ भन्दै ठगी धन्दा


0
Shares

काठमाडौं । सामाजिक संजाल फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने एक महिलालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला सैनामैना नगरपालिका ११ सालझण्डी घरभई हाल काठमाडौको चन्द्रागिरी नगरपालिका गुर्जुधारा बस्ने ३१ बर्षीया सिता भुषाललाई ठगीको आरोपमा पक्राउ गरिएको महाशाखा प्रमुख दीपक थापाले बताउनुभयो ।

पक्राउ परेकी महिलाले ‘बेलायती नागरिक हुँ’ भन्दै डाक्टर जामोस सोनार, जेम्स एन्डी जस्ता नामको फेक आइडी बनाएर विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै रकम ठगी गर्ने गरेको पाइएको छ ।

उनले एक व्यक्तिलाई बिहे गर्ने आश्वासन दिँदै जन्म दिनको अवसरमा सरप्राईज गिफ्टका रुपमा सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको उजुरी प्रहरीमा परेपछि भुसालको वास्तविकता खुलेको प्रमुख थापाले बताउनुभयो ।

यस सम्बन्धी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।