
काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालदेखि नै त्रुटिपूर्ण साइत निकाल्दै आएको पनि मूल पुजारी कर्माचार्यले जिकिर गर्नुभयो ।
समितिले दिएको साइत समयमा देवी विसर्जन, यात्रा, टीका र देवी थिरासन गर्ने साइत क्रमबद्ध नभएको उहाँको भनाइ छ ।
पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएको त्रुटिबारे पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको मूल पुजारी कर्माचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्