
काठमाडौं, असोज २० । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले दुई वर्षअघि एकजना महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ मा बस्दै आएका ३५ वर्षीय विनय श्रेष्ठ रहेका छन् ।
उनले काठमाडौंको जोरपाटीमा बस्दै आएकी सिन्धुपाल्चोककी ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाइ हत्या गरी फरार रहेको प्रहरीको दाबी छ ।
महाशाखाबाट खटिएको टोलीले सोमबार (हिजो) उनलाई हेटौंडाबाटै पक्राउ गरेको हो ।
अनुसन्धानकाक्रममा विनयले पम्फालाई गोठाटारस्थित आफ्नै डेरामा हत्या गरी कोठाबाहिरबाट ताला लगाइ फरार भएको पाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।
अभियुक्तले सोमबहादुर राईको नाममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्