१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीका दुई हजार बढी नेकपा कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा


0
Shares

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

मंगलबार ३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् ।

बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिबद्धता बिर्सेको आरोप लगाएका छन् ।

जनभावनाको कदर नगरी नेताहरुले राजधानी सार्ने प्रस्ताव ल्याउँदा आगामी निर्वाचनमा नेकपाले लज्जास्पद पराजय व्यहोर्नपर्ने उनीहरुको तर्क छ ।

निरंकुशता स्वीकारेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताउनुभयो ।