१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षासचिवसित डा. केसीले भने-‘वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्छु’


0
Shares

Dr kc hunger strike health detorating khanal nepal appeal

काठमाडौं, असोज २० । विगत २३ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीलाई भेट्न मंगलबार शिक्षासचिव र सहसचिवको टोली शिक्षण अस्पताल पुगेको थियो ।

शिक्षासचिव गोपीनाथ मैनालीले डा. केसीलाई भेटेर सबै माग जायज रहेको र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले सत्याग्रह तोड्न आग्रह गर्नुभएको थियो ।

तर, डा. केसीले अनशन जारी राख्ने अडान दोहोर्‍याउनुभएको उहाँसँगै रहनुभएकी डा. तोसिमा कार्कीले जानकारी दिनुभयो ।

डा. केसीले सचिव मैनालीलाई यो कुरा सरकारका प्रवक्ताले नै भनिसकेकाले वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्ने बताउनुभएको कार्कीले जानकारी दिनुभयो ।

हामीसँग कुरा गर्दै शिक्षासचिव मैनालीले सरकारको तर्फबाट आफूले डा. केसीको स्वास्थ्यबारे जानकारी लिएको र उहाँको मागबारे मुख्यसचिवलाई जानकारी गराएको बताउनुभयो ।

सचिव मैनालीले कोभिड-१९ का कारण सरकारको प्राथमिकता अर्काेतिर रहेको बेला सत्याग्रह तोड्न डा. केसीलाई आग्रह गर्नुभएको थियो ।

गएको भदौ २९ गतेबाट जुम्लामा अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

डा. केसीलाई छाती दुख्ने, चक्कर लाग्ने समस्या देखिनुका साथै प्रतिरोधी क्षमतासमेत कमजोर बन्दै गएको छ ।