
फाइल तस्वीर ।
काठमाडौं, असोज २० । खानेकुराबाट कोरोनाभाइरस सरेको हालसम्म कुनै प्रमाणित तथ्य छैन । तर, खानेकुरा खाँदा सावधानी भने अपनाउनुपर्छ ।
कोरोनाभाइरस अरु भाइरस र ब्याक्टेरियाहरुजस्तै खाना पाक्ने उच्च तापक्रममा मर्ने चिकित्सक बताउँछन् ।
‘मासु, अन्डाजस्ता खानेकुरा राम्रोसँग कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा पकाउनुपर्दछ’-डा. राधिका थपलियाले भन्नुभयो ।
पकाएको खानेकुरा दूषित हुन नदिन सावधानी पनि अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
‘पकाएको खानेकुरालाई काँचो खानेकुराको सम्पर्कबाट दूषित हुन नदिन उचित सावधानी अपनाउनुपर्दछ’-उहाँले भन्नुभयो ।
त्यस्तै, खाना खानुअघि साबुन-पानीले राम्रोसित मिचिमिची हात धुनुपर्छ । भाँडाकुँडाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्