५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पञ्जा लगाएर हिँड्नुपर्दैन, त्यसले कोरोनाबाट जोगाउँदैन, यसो भन्छन् चिकित्सक


0
Shares

काठमाडौं, असोज २० । कोरोनाभाइरसको संक्रमण सुरु भएपछि धेरै मानिसले हातमा पञ्जा लगाएको देखिन्छ ।

पसल, बजार र कार्यालयमा समेत कतिपयले पञ्जाको प्रयोग गर्ने गरेका छन् । तर, यसो गर्दा कोरोनाको जोखिम कम नहुने चिकित्सक बताउँछन् ।

सरकारले सार्वजनिक स्थान वा सार्वजनिकरुपमा कोरोनाभाइरसको रोकथामका लागि पञ्जाको प्रयोग गर्नु भनेको छैन ।

‘पञ्जा लगाउनु हातको स्वच्छताको वैकल्पिक उपाय हुनसक्दैन । न त यसले कोभिड-१९ बाट सुरक्षित रहनका लागि गरिने हातको सरसफाइमा थप सहयोग नै गर्छ’-डा. समीरकुमार अधिकारीले भन्नुभयो ।

पञ्जामा पनि भाइरस सर्नसक्ने उहाँले बताउनुभयो ।

‘पञ्जा लगाएर संक्रमित सतहहरु छुँदा पञ्जामा भाइरसहरु आउन सक्दछन् र अर्को सतहहरु छुँदा पञ्जाबाटै भाइरसहरु अर्को सतहमा सर्न सक्दछन्’-उहाँले भन्नुभयो ।

भाइरस भएको पञ्जाबाट पनि कोरोनाको जोखिम हुनसक्ने उहाँको भनाइ छ ।

डा. अधिकारीले भन्नुभयो-‘भाइरस भएको पञ्जाले अर्को व्यक्तिलाई छुँदा वा आफ्नै नाक, आँखा, मुख छुँदा एक ठाउँबाट अर्को ठाउँमा भाइरस सर्दै कोभिडको संक्रमण हुनसक्छ ।’

पञ्जा लगाएर सावधानी नअपनाउँदा कोरोना फैलिन मद्दत गर्नसक्ने उहाँले बताउनुभयो ।

‘पञ्जा लगाएको छु भनेर संक्रमण हुँदैन भन्ने मानसिकरुपमा मिथ्या विश्वाससमेत सिर्जना भइ हातको सरसफाइमा कमी हुन गइ संक्रमण फैलाउन झनै मद्दत गर्ने र पञ्जाको अनावश्यक खर्चसमेत हुने गर्दछ’-डा. अधिकारीले भन्नुभयो ।