१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. शेखरको प्रश्न : ‘डा.गोविन्द केसीको मागप्रति राज्य किन निर्मम र कठोर ?’


26
Shares

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले विगत २४ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

बुधबार विहान सामाजिक संजालमार्फत डा. केसीको मागको छिटो भन्दा छिटो सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो ।

ट्वीमा डा. कोइरालाले भन्नुभएको छ–‘डा.गोविन्द केसीको मागप्रति राज्य किन निर्मम र कठोर ?, लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ?’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीलाई भेट्न मंगलबार शिक्षासचिव र सहसचिवको टोली शिक्षण अस्पताल पुगेको थियो ।

तर, डा. केसीले अनशन जारी राख्ने अडान दोहोर्‍याउनुभएको थियो ।