१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा.केसीको जीवन रक्षाको माग गदैै बझाङमा नेविसंघको प्रदर्शन


0
Shares

बझाङ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल बिद्यार्थी संघ बझाङले प्रर्दशन गरेको छ ।

सरकार हाल सम्म पनि डाक्टर केसीका माग प्रति संम्बेदनशील नभएको भन्दै केसीको जिवन रक्षाको माग गर्दै संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले केसीको जिवन रक्षा गर , केसीका माग सुनुवाई गर, कुलमान घिसिङलाई पुनह नियुक्ती गर लगायतका नाराबाजी गर्दै सदरमुकाम चैनपुर बजार परिक्रमा गरेका थिए ।

बिद्यार्थी नेताहरुले बर्तमान सरकार भ्रष्टाचार, नाताबाद, कृपाबादमा लागेको आरोप लगाउदै यसका बिरुद्घ जस्तोसुकै आन्दोलनको मोर्चामा आउन नेबिसघं तयार रहेको बताएका थिए ।