२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


यी हुन विश्वकै सबैभन्दा लामो खुट्टा भएकी युवती


0
Shares

काठमाडौं । अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड भएको छ ।

टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर रहेको र उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

लम्बाई ६ फिट १० इन्च लम्बाइ भएकी उनी किशोरावस्थामा सबैभन्दा लामो खुट्टा हुने व्यक्तिको रुपमा दर्ता भएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक वेबसाइट अनुसार उनको बाँया खुट्टा १ सय ३५ दशमलब २ सय ६७ सेन्टीमिटर अर्थात् ५३ दशमलब २ सय ५५ इञ्च लामो छ ।

जबकी उनको दायाँ खुट्टा १ सय ३४ दशमलब ३ सेन्टीमिटर अर्थात् ५२ दशमलब ८ सय ७४ इञ्च छ ।

वेबसाइटका अनुसार उनको खुट्टा उनको उचाईको ६० प्रतिशत छ । उनको परिवारको सबै सदस्यको लम्बाई औषत नै छ । क्यूरिनले रुसकी एकातेरिना लिसिनाको रेकर्डलाई तोडेकी थिइन् ।

सन् २०१७ मा लिसिनाले ६ फीट ८ दशमलब ७७ इञ्चको उचाईका साथ विश्वकै सबैभन्दा अग्लो व्यावसायिक मोडलको नाम लेखाएकी थिइन् ।