१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीको अनसनको आज २४ औं दिन, सरकारबाट वार्ताको पहल अझै भएन


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नु भएका डा. गोविन्द केसीको औपचारीक अनसनको आज २४ दिन भएको छ ।

तर सरकारले अहिलेसम्म वार्ताको पहल समते गरेको छैन । सरकारले अनसन तोड्न डाक्टर केसीलाई पटक पटक आग्रह गरेपनि आफ्ना माग पुरा नभएसम्म अनसन जारी राख्ने अडानमा डा. केसी हुनुहुन्छ ।

यसैबिच नेपाल चिकित्सक संघले सरकारलाइ दिइको ७२ घण्टे अल्टिमेटम आज राति १२ बजे सकीदै छ ।

आज राति १२ बजे सम्ममा सरकारले औपचारीक रुपमा वार्ता टोली गठन नगरे भोलीबाट देशभरका स्वास्थ्य संस्थाले कोरोना र ओपिडि सेवा बाहेकका सम्पुर्ण स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी छ ।