१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड हस्तान्तरण


0
Shares

हेटौंडा, असोज २१ । वाग्मती प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि रंगशाला निर्माण परियोजनालाई सहयोग जारी राख्ने बताउनुभयो ।