
तस्वीरः @NobelPrize
स्टकहोम, असोज २१ । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो ।
उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डुड्नालाई प्राणी जगतको डीएनए (जेनोम एडिटिङ)मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।
सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्तरुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्