१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२९० सीसी क्षमताका जावा मोटरसाइकल अब नेपाली बजारमा


0
Shares

काठमाडौं । भारतीय बजारमा लोकप्रिय बन्दै गएको जावा मोटरसाइकल नेपालमा पनि उपलब्ध हुने भएको छ ।

नेपालस्थित आधिकारिक वितरक अग्नी मोटो इंकका अनुसार आगामी सोमबारदेखि जावा मोटरसाइकलको बुकिङ खुल्ला हुनेछ ।

हाल शोरुम निर्माणको काम अन्तिम चरणमा पुगेको र बाइकलाई शोरुममा सोकेश गर्न थालिएको छ ।

काठमाडौंको त्रिपुरेश्वर र उत्तरढोकामा शोरुम रहने जावा नेपाली बजारमा दुईवटा मोडलमा उपलब्ध हुनेछन् ।

जावा क्लासिक दुई कलर अप्सनमा उपलव्ध छ भने अर्को मोडल जावा फोर्टी टु (जावा ४२) चार कलर अप्सनमा उपलव्ध छ ।

२९० सीसी क्षमताका यी मोटरलाइकलको मूल्य मुल्य ६ देखि ७ लाखको बीचमा पर्ने कम्पनीले बताएको छ । जावा चेक रिपब्लिक, पूर्व चेकोस्लाभियाको ब्रान्ड हो ।