१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं मैतिदेवीमा भेटियो सडेको मासु बेच्ने पसल, मसला पनि म्याद गुज्रेको


0
Shares

काठमाडौं । काठमाडौंको मैतिदेविमा संचालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु विक्री गर्न राखेको पाइएको थियो ।

उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट गरेको छ । त्यस्तै मासुपसलमा म्याद गुजे्रको मसला समेत पाइएको छ ।

महानगरपालिकाका पशुविकास अधिकृत डम्बर बहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताउनुभयो ।

त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएको बमले बताउनुभयो ।

महानगरपालिकाले मैतिदेवि क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो ।

त्यस क्रममा केही पसलहरु दर्ता नगरी संचालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उहाँले बताउनुभयो ।