२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् एकदिने प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज २२ । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ ।

तर, प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउनुभएको छ । उहाँले १६ वर्षीया एक किशोरीलाई आफ्नो पद बुधबार एक दिनका लागि हस्तान्तरण गर्नुभएको छ । अभा मुर्तोले सो अवसर पाउनुभएको हो ।

मुर्तोले बुधबार दिनभरि राजनीतिकर्मीहरुसित बैठक गर्नुभएको छ । जसमा प्रविधिमा महिला अधिकारको विषयमा जोड दिइएको थियो ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसका अवसरमा किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो । जुन विश्वव्यापी एउटा अभियानको हिस्सा थियो ।

मुर्तोले त्यसलाई ‘उत्साहजनक दिन’ भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँ जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी मुद्दाहरुमा सक्रिय अभियन्ता हुनुहुन्छ ।