१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘बुवाले गरे छोरी बलात्कार’


0
Shares

कैलाली, असोज २२ । कैलालीमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

११ वर्षीया बालिकालाई उनकै बुवाले बलात्कार गरेको घटना बाहिरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका-११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बुवाले छोरीमाथि जबर्जस्ती करणी गरेको दाबीसहित जाहेरी दर्ता भएको जानकारी दिनुभयो ।

गएको शनिबार राति छोरीमाथि आरोपीले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको जनाउँदै उहाँले आइतबारदेखि नै उनी फरार रहेकाले खोजीकार्य भइरहेको बताउनुभयो ।